बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त


काठमाडौंं । सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाएलगत्तै सरकारले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

समितिले बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको प्रतिवेदन बुझाएको थियो । ओझालाई सरकारले गत १२ फागुनमा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।