काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । सोमबार नेप्से २१ दशमलव ७६ अङ्कले बढेर २ हजार ८ सय ९२ दशमलव ७२ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ९३, अन्य समूहको शेयर १ दशमलव ८४ प्रतिशतले उकालो लागेको छ । आज थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । आज ३११ वटा कम्पनीको ३ करोड ५६ लाख कित्ता शेयर १६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया