आजदेखि नयाँ आर्थिक वर्ष सुरु, गत आर्थिक वर्षमा ११ खर्ब ७८ अर्ब राजस्व संकलन


काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँआर्थिक वर्ष सुरु हुने व्यवस्थाछ । सोहीअनुसार नयाँआर्थिक वर्ष सुरु भएको हो ।

सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।

नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धितविषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतकाव्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ । तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आजदेखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ ।

करको दरमा भएको परिवर्तनस मध्ये आजदेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन् । विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ ।

यसैबीच आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।