काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो । २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भए पनि २०२३ सालदेखि मौद्रिक नीति ल्याउन थालिएको हो ।
आर्थिक वर्ष २०५९/६० देखि भने गभर्नरबाट मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्थाको सुरुवात भएको हो । नयाँ गभर्नरको रूपमा डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो ।
पौडेलले सरकारको नीतिसँग तारतम्य हुने गरेर राष्ट्र बैंकले काम गर्ने बताउदै आएका छन्। मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन्छन् ।

प्रतिक्रिया