काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो ।
एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खननको प्रारम्भिक प्रतिवेदन आउनुलगायत काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए ।
उनले भने, ‘दैलेखमा पेट्रोलियम उत्खननको प्रारम्भिक रिपोर्ट आएको छ । ११२ घनमिटर रहेको जुन प्रारम्भिक रिपोर्ट आएको छ । त्यसले मुलुकको आर्थिक विकासका लागि ठूलो संवाहक बन्न सक्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

प्रतिक्रिया