पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले आग्रह गरेको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राख्ने तयारी कार्यालयले गरेको छ।