काठमाडौं । सरकारले आगामी चालु आर्थिक वर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थतन्त्र दबाबमा रहे पनि निरन्तरको प्रयासपछि सुधारोन्मुख रहेको बताए।
उनले यसअघि ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको बताए । उनले विद्युत्, वित्तीय, बीमालगायतका क्षेत्रमा उल्लेखनीय सुधार हुने बताए।
उनले थप ३३९ मेगावाट बिजुली उत्पादन भएको, पर्यटक आगमन १३ प्रतिशतले बढेर ९ लाख २३ हजार पुगेको र ३.४ प्रतिशतमा मुद्रास्फिती सीमित भएको बताए । उनले प्रतिव्यक्ति आय पनि १४४३ बाट १४९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको बताए।

प्रतिक्रिया