वीरगञ्ज। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ ।
कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बीमा गरेका बताइन् ।
कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।
प्राधिकरणले जीवन बीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ ।

प्रतिक्रिया