काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा राष्ट्रकै बेइज्जत भएको बताएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुले राष्ट्रकै बेइज्जत भइरहेको बताएकी हुन् ।
उनले राष्ट्रको बेइज्जत नगर्न र सक्षम व्यक्तिलाई गभर्नर नियुक्त गर्न माग गरिन् । उनले भनिन्, ‘सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला ? यसले राष्ट्रको बेइज्जती भइरहेको छ । राष्ट्रको बेइज्जती नगरियोस् र योग्य व्यक्तिलाई गभर्नर बनाइयोस् ।’

प्रतिक्रिया