दिनेश रायको अध्यक्षतामा कर्मचारी बचत तथा ऋण सहकारी संस्था गठन


काठमाडौं । स्वतन्त्र कर्मचारी संगठन सर्लाही जिल्ला भेला कविलासी नगरपालिकाका प्रमुख ब्रम्हदेव राय ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

भेलाले दिनेश रायको अध्यक्षतामा कर्मचारी बचत तथा ऋण सहकारी संस्था गठन गरेको छ । सोही कार्यक्रममा नापी कार्यालय, वरहथवाबाट अनिवार्य अवकाश भएका नागेन्द्रप्रसाद यादव र बागमती नगरपालिकाबाट अनिवार्य अवकाश भएका रामएकवाल साहलाई सम्मान गरिएको थियो ।

सेवानिवृत्त जीवन सुखमय होस् भन्नुकासाथै संगठनको अभिभावकत्वमा संचालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा निर्वाचित भएकोमा दिनेश रायलाई शुभकामना दिइएको छ ।