काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियालाई लिएर डा. विश्व पौडेलविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) विपरीत राजनीतिक दलको सदस्य वा पदाधिकारीलाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै रिट दायर गरेका हुन् ।
रिटमा पौडेलको नियुक्ति प्रक्रिया ऐनविपरीत हुने जिकिर गरिएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पौडेललाई गभर्नर बनाउने सहमति भएको चर्चाका बीच यो रिट दायर भएको हो ।
गभर्नर छनोट समितिका सदस्य रहेका पौडेलले गत आइतबार समितिबाट राजीनामा दिएका थिए । यसअघि गभर्नर बनाउन खोजिएका डा. गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट दर्ता भइसकेको छ ।

प्रतिक्रिया