काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आइतबार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया