२७ सयले बढ्यो तोलामा सुनको मूल्य


काठमाडौँ । सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन बुधबार तोलामा दुई हजार सात सय बढेर एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।