नेप्सेमा साढे आठ अर्बको कारोबार



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ ।

मंगलबार विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ४६ र लगानी समूह दुई दशमलव ७१ ७१ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, वित्त एक दशमलव ५९, होटल तथा पर्यटन एक दशमलव ९९, जलविद्युत् एक दशमलव ४७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन एक दशमलव २२, लघुवित्त शून्य दशमलव ६० र निर्जीवन बीमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको रू दुई अर्ब एक करोड २९ लाख ९३ हजार एक सय ४२ बराबरको ८६ लाख ७८ हजार दुई सय २५ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण

उत्खननको पर्खाइमा बागलुङको तामाखानी

गलकोट । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष