सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहेका अध्यक्ष ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताए ।

उनले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोडदिँदै सरकारले राजस्व सङ्कलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको बताए ।

अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायत सङ्गठित सङ्घसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचालु गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद राईलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति

देउवाले थाइल्याण्डबाट फर्केर चिसो पानी खन्याइदिएपछि सरकार ढल्छ भन्नेहरुनै ढलेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई देशको राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यता रहेको

कांग्रेस-एमालेको गठबन्धन थप बदनाम हुन पनि यो सरकार लामो समय रहनुपर्छः सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका

उर्जा मन्त्रालयबाट खर्च हुन नसेको भन्दै दुई अर्ब ३५ करोड र एमसिए–नेपालबाट दुई अर्ब बजेट फिर्ता

  काठमाडौँ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न