वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।

विभागले बिहीबार थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ भने गत यस महिना भरी १५० उद्योग अनुगमन गर्दै २० वटा भन्दा बढीको कारोबार रोक्का गरेको छ ।

बिहीबार कारोबार रोक्का गरिएका उद्योगहरूमा जनता केवल इन्डस्ट्री प्रालि , युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा.ली., प्राइम केवल इन्डस्ट्री प्रालि  र राठी ब्रान्डको अन्नपूर्ण केवल प्रालि रहेका छन् ।

विभागले काठमाण्डौँको भोटाहिटी क्षेत्रमा अनुगमन गर्दा तार उद्योगहरूले आफ्ना उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेको पाएपछि कारोबार रोक्का गरेको हो ।

कारबाहीमा परेका उद्योगीहरूले रोक्का गरिएको कारोबार फुकुवाका लागि बिलविजक लगायतका आवश्यक कागजात सहित विभाग उपस्थित हुन विभागले सूचना गरेको छ ।

विभागका महानिर्देशक कुमार दहालले भने, ‘हामीले मगाएका सबै कागजपत्र र नमुना सहित विभागमा उपस्थित भएको अवस्थामा कारबाही फुकुवा गर्नेछौँ, यसअघि कारोबार रोक्का भएका केही उद्योगको कारबाही फुकुवा पनि गरिएको छ । हामी नयाँ नयाँ ठाउँहरूमा अनुगमन गरी रहेका छौँ, अनुगमन हरेक दिन जारी रहन्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा अनुगमन कार्यलाई तीव्रता दिएको वाणिज्य विभागले सबै सामग्रीहरूमा(एमआरपी) अनिवार्य गरेको छ ।

सिमेन्टका बोराहरूमा(एमआरपी) राख्नका लागि भने उद्योगीहरूले केही दिनको समय माग गरेकोमा उक्त समय सकिन लागेको छ । सिमेन्टमा आगामी वैशाख १ देखी (एमआरपी) राखिने बताइएको छ ।

तौलेर वा गजले नापेर बेच्ने बाहेकका हरेक सामग्रीमा (एमआरपी) अनिवार्य गरिएको हो । अनुगमन कार्यलाई तीव्रता दिएसँगै अधिकांश उद्योगीहरूले भने (एमआरपी) राखेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

गलकोट ।  बाग्लुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुस्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ

बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको