आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न उपयुक्त हुने विषयहरुकाबारेमा अर्थले माग्यो सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेको छ ।
मंगलबार सूचना जारी गरी मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ गरिसकेको र आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना सुझावहरु आगामी वैशाख मसान्तभित्र उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको हो ।
मन्त्रालयले विभिन्न संघसंस्था, वुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकलाई सुझाव दिन आग्रह गरेको छ ।