सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बुधबार भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य बुधबार तोलामा ६ सय घटेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा ६ सय घटेर एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै बुधबार चाँदी प्रतितोला दुई हजार २० मा कारोबार भएरहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।