यथार्थपरक र कार्यान्वयनयोग्य योजना तथा कार्यक्रम तर्जुमा गर्न अर्थमन्त्रीको सुझाव



काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणबारे मंगलबार श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलका क्रममा उनले वितरणमुखी नभई यथार्थपरक र कार्यान्वयनयोग्य योजना तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।

उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणमुखी बजेटले उचित प्रतिफल नदिने बताए ।

अर्थमन्त्रीले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी भएको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिए ।

छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विप्रेषणलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा तथा सीप विकासलाई प्राथमिकता दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँको व्यासमा चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा

तनहुँ । तनहुँको व्यास नगरपालिका-११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान

चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

संखुवासभा । सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे एक लाखसम्म जरिवाना गर्ने निर्णय

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ