नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से घटेको छ । मंगलबार नेप्से १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७७ दशमलव ५५ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल र अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज ३ सय २० कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।