सुरु भयो चियाको पहिलो टिपाइ



झापा । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन।

गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताए। चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ।

पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ। यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ।

जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ। तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ।

सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको मुना पलाउन थालेका छन्।

इलामलगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको छ। जसमा १४ हजार ८९८ किसान चियाखेतीमा संलग्न छन्। हाल एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा

दशरथचन्द (बैतडी) । बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन्

यथार्थपरक र कार्यान्वयनयोग्य योजना तथा कार्यक्रम तर्जुमा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउनेतर्फ सरकारको

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

देउखुरी । दाङ लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा