नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड



झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ।

यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन्।

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ। समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ। द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिनकुने घटनामा पूर्वराजामाथि पनि कारबाही हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको घटनामा जोसुकै

सर्लाहीका राहुल साहको काठमाडौंमा हत्या गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६

सुनको मूल्य तोलाको एक लाख ७७ हजार नौ सय

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत

ईद मनाउँदै मुस्लिम धर्मावलम्बी(फोटोफिचर)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् ।