आन्तरिक राजस्व कार्यालय तनहुँमा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली



तनहुँ । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।

कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

‘गोएएमएल’मा १६ सयभन्दा बढी अनुसन्धानकारी निकाय आबद्ध, शंकास्पद कारोबार २४ प्रतिशतले वृद्धि

  काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका

होम इन्टरप्राइजको इको क्राफ्ट प्ल्याटफर्म संचालन

काठमाडौं । होम इन्टरप्राइज नेपालद्वारा संचालित इको क्राफ्ट प्ल्याटफर्म संचालनमा आएको छ ।

आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना

काठमाडौं ।  शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं