कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन



काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले मंगलबार आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा मन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताएका हुन् ।

विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए ।

कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा दलहरुबीच विवाद छैन र हुँदैन पनिः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने

कुलमानको बर्खास्त सार्वजनिक संस्थानहरुमा दलीय हस्तक्षेप र नियन्त्रणको चरम नमूनाः भट्टराई

दाङ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.

प्रेस चौतारीको नयाँ नेतृत्वलाई प्रधानमन्त्रीको आग्रहः भाइरस छिर्न नदिनेतर्फ सचेत हुनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१