नेप्सेमा ४ अर्ब ४८ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव २० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । यस्तै जीवन बीमा, अन्य, लगानी समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३ सय २६ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१

आन्तरिक राजस्व कार्यालय तनहुँमा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

तनहुँ । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब

दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको