देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू



देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन तथा आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि इन्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव, २०२५ सुरू भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भारतको उत्तराखण्ड प्रदेश सरकारको संयुक्त आयोजनामा सुरू महोत्सवको शुक्रबार साँझ उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरेका छन् ।

सात दिनसम्म चल्ने महोत्सवमा नेपाली व्यवसायीका ५० र भारतीय व्यवसायीका एक सय ५० प्रदर्शनी कक्ष छन् ।

उत्तराखण्डका मुख्यमन्त्री धामीले दुई देशका व्यवसायी सहभागी यस महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए । “दुवै देशको सांस्कृति र भावनात्मक सम्बन्ध थप बलियो बनाउनका लागि यो महात्सव फलदायी हुनेछ, आर्थिक सम्बन्ध थप बलियो हुनेछ”, उनले भने ।

उनले दुई देशबीचको सीमामा रहेको वनबासा नजिकको पुलबाट आवातजावत गर्ने समय दैनिक चार घण्टाबाट बढाएर सात घण्टा बनाइएको र आगामी दिनमा समयसीमा अझै बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मेला दुवै देशका व्यापारी, कालीगढको विकासका लागि सहयोगी हुनेमा विश्वस व्यक्त गर्दै यो मञ्च आर्थिक सम्बन्ध बलियो बनाउन माध्यम हुने बताए ।

“हामीले उत्तराखण्ड र नेपालबीच कारोबार सहज बनाउनका लागि विभिन्न पूर्वाधार निर्माण गरेका छौँ, यसबाट दुवै देशका व्यवसायी र नागरिकले आर्थिक लाभ लिन सक्नेछन्”, उनले भने । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले महोत्सव दुई देशबीचको सम्बन्ध आर्थिक रूपमा बलियो बनाउने आधार भएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले महोत्सवले दुवै देशबीच व्यापार अभिवृद्धि गर्नुका साथै पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताए ।

“देहरादून ठूलो सङ्ख्यामा नेपालीभाषी भएको ठाउँ हो, नेपालमा उत्पादित कृषि उपजको व्यापारका लागि यो राम्रो बजार बन्न सक्छ र यहाँबाट सुदूरपश्चिम र समग्र नेपालमा भारतीय पर्यटक बढाउन पनि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने ।

उनले कञ्चनपुर जिल्लासँग जोडिएको भारतको वनबसास्थित नेपाल–भारतबीचमा रहेको शारदा ब्यारेजको पुल दैनिक नौ घण्टा खुला गर्न उत्तराखण्डका मुख्यमन्त्रीसमक्ष आग्रह गरे ।

“नेपाल–भारतबीचको व्यापरिक सम्बन्धले आर्थिक रूपान्तरण आयआर्जन र वस्तु तथा सेवाका विविधिकरणमा सहयोग पुर्याउँछ”, उनले भने, “दुई देशबीचमा रहेको सामाजिक धार्मिक सम्बन्धले हरिद्वारदेखि मुक्तिनाथ, केदारनाथदेखि पशुपतिनाथलगायतमार्फत धार्मिक पर्यटनको प्रवद्र्धन गरी व्यापार र आर्थिक उत्पादनलाई बजारीकरण गर्न आवश्यक छ ।”

महोत्सवमा, काठमाडौँ, चितवन, पाल्पादेखि सुदूरपश्चिम प्रदेशका व्यवसायी तथा उद्यमी सहभागी मेला उत्पादनको बजारीकरण तथा प्रवद्र्धनको उपयुक्त थलो भएको अध्यक्ष जोशी भनाइ छ । उनले महोत्सव आयोजनाका लागि उत्तराखण्ड सरकारको सहयोग र सद्भावका लागि धन्यवाद दिए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वर बोहराले यसअघि सन् २०१७ र २०१८ महोसत्व आयोजना गरिएको र यसले दुई देशबीच व्यापार तथा व्यवसाय सहज भएको बताए । महोत्सवले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको उनको भनाइ थियो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सदस्य तेज चन्दले दुई देशबीचको मैत्रीपूर्ण महोत्सवले दुई देशबीचको सम्बन्ध विस्तार, व्यापार तथा पर्यटन प्रवद्र्धनमा एकापसमा हातेमाले गरेर जानुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।

महोत्सवमा सहभागी व्यवसायी माधव जोशीले महोत्सवका कारण नेपाली उत्पादन प्रवद्र्धन, बजारीकरणमा सहयोग पुगेको बताए । “विगतका अनुभवका आधारमा भन्नुपर्दा भारतीय व्यापारीबाट राम्रो रिअर्डर पनि आएको थियो, महोत्सव एउटा माध्यम हो, व्यापारिक सम्बन्ध विस्तारको अवसर पनि हो”, उनले भने ।

हेल्प क्रसका संस्थापक तथा वीर गोरखाली कल्याण समितिका महासचिव विशाल थापाले यस प्रकारका महोत्सव दुई देशबीचको सम्बन्ध विस्तार, व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण हुने बताए ।

उनले दुवै देशबीच धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले ‘केदारनाथ टु पशुपतिनाथ’ नाममा पर्यटन करिडोर आवश्यक भएको बताए ।

“दुवै तीर्थस्थल हाम्रा लागि निकै महत्त्वपूर्ण छन्, यी दुवै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न करिडोर बनाउने विषयमा उत्तराखण्ड सरकार र नेपाल सरकारबीच छलफल जरूरी छ, ट्राभल कम्पनीहरूले पनि सोहीअनुसार प्याकेज निर्माण गर्नुपर्छ”, थापाले भने ।

महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले एक करोड ५० लाख र कञ्चनपुर उद्योग वाणिज्य सङ्घले एक करोड ५० लाख खर्च गरेको उनले जानकारी दिए ।

महोत्सवमा नेपालस्थित भारतीय राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्प क्रसलगायतको सहयोग रहेको छ । उद्घाटनका अवसरमा कलाकारहरूले नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशको खर्च निराशाजनक, अहिलेसम्म २५ प्रतिशत मात्र बजेट खर्च

बागमती। बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत) । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

म्याग्दीको रातोढुङ्गा सबस्टेशन सञ्चालनमा

म्याग्दी । म्याग्दी  जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११