बजेट निर्माणसम्बन्धमा अर्थमन्त्रीद्वारा गृह मन्त्रालयसँग छलफल



काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताए ।

छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखापरेका चुनौती तथा समस्यालाई समाधान गरेर अघि बढ्न सकिने उनको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिए । उपलब्ध साधन स्रोतको ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेश गर्न उनले आग्रह गरे ।

गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी, सस्त्र प्रहरी बलका प्रमुखलगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समय दुई वर्ष थप

काठमाडौं ।  सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष थप गर्ने

टीओडी बिल जाँचका लागि उर्जामन्त्री खड्काले गठन गरेको समितिलाई काम गर्न सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइनको बिल अध्ययनका लागि उर्जामन्त्री दीपक खड्काले

चालु आर्थिक वर्षमा छनोट भएका आयोजनाको कार्यान्वयन सुनिश्चितता निकै चुनौतीपूर्णः अर्थमन्त्री पौडेल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन