अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन



काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिष्द बैठकले गभर्नर सिफारिसको लागि समिति गठन गर्ने निर्णय गरेको भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति बनेको हो । सिफारिस समिति गठन गर्ने निर्णय भएपनि समितिको सदस्य को को छन् भन्ने निर्णय नभएको र छलफलबाट तय हुने मन्त्री अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंक ऐनले अर्थमन्त्रीको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी २४ चैतमा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको

बजेटमा सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने

कर्मचारीलाई सरकारले नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै