नेप्सेमा ३० अंकको गिरावट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । मंगलबार नेप्से ३० दशमलव ३६ अङ्कले घटेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।
बजार उच्च अङ्कले घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय १८ वटा कम्पनीका २ करोड ६३ लाख कित्ता शेयर १२ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।