प्रतितोला २२ सयले घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली  बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला  दुई हजार २०० ले घटेर  एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला  एक हजार ९१५  रुपैयाँ कायम भएको छ ।