सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात



वीरगंज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको छ ।

गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो,’ उनले भने । गत आर्थिक वर्षको सात महिनाको अवधिमा भने एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड राजस्व संकलन भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा ५१ अर्ब ७९ करोड बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको सात महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार ६ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा ३ अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि