तोलामा एक हजारले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।
बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन शुक्रबार एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा किनबेच हुनेछ ।
आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।