अर्थतन्त्र चलायमान बन्दै, निर्यात ४६ प्रतिशतले बढ्दा आयात १० प्रतिशत
काठमाडौं । पछिल्लो समय आयात र निर्यातमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा निर्यात ४६.५० प्रतिशले बढेको छ ।
गतआर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपाल ४० अर्ब ३७ करोड रुपैयाँले निर्यात बढाउन सफल भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्यांक अनुसार नेपालले यो अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँको निर्यात गरेको छ ।
यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको थियो । यस्तो निर्यात गत वर्षको तुलनामा यो वर्षको पहिलो सात महिनामा ४६.५० प्रतिशतको उत्साहपूर्ण वृद्धि भएको देखिएको छ ।
निर्यातसँगै आयात पनि १० प्रतिशतले बढेको छ । माघसम्ममा नेपालको आयात ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
यस्तो आयात गतवर्षको सोही अवधिमा ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको पनि तथ्यांकले देखाएको छ ।
त्यस्तै नेपालको कुल वैदेशिक व्यापार यो अवधिमा १३ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालको आयात र निर्यातको बजार ११ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।
नेपालमा आयात हुने वस्तुमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ रहेको छ । नेपालमा पछिल्लो सात महिनामा १ खर्ब ५० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।