तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान



सङ्खुवासभा । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो ।

विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए।

उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५

तोलामा एक हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम

वीरगञ्ज भन्सारमा सात महिनामा ९४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा  ९४ अर्ब ५२ करोड

धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन