परराष्ट्रमन्त्री र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा-दुबई उडानका लागि आग्रह



काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।

सो अवसरमा मन्त्री डा.देउवाले नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेकी थिईन् । मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए ।

भेटवार्ताका क्रममा दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको बताइएको छ ।

मन्त्री डा देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा युएइको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरेको पनि उनको सचिवालयले जनाएको छ । मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अधिकांश मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’

काठमाडौँ । सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व

बारा र पर्सामा गुणस्तरीय विद्युत् आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय

शेयर बजारमा ६ अर्ब ३२ करोड रुपैयाँको किनबेच

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ

म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

  काठमाडौँ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा