तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएकामा शुक्रबार सोही परिमाणको सुनको मूल्य रुएक लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । शुक्रबारका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।