ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट



काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल भारतबीचको उर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।

उर्जामन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन यही माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिवस्तरीय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युतमन्त्रीलाई धन्यवाद दिए ।​

उर्जामन्त्री खड्काले गत वर्षको नोबेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए ।

मन्त्री खड्काले नेपालले सुख्खायामको पीक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म)मा भारतीय पावर एक्सचेन्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत उपलब्धताको स्वीकृत दिन माग रे ।

हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पीक आवरमा भने उपलब्ध गराएको छैन ।

उर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।​

उर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिए पनि आजको भेटमा फेब्रुअरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको छ ।

भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालको उर्जा क्षेत्रको विकासमा सँधै भारतको साथ र सहयोग रहेको बताएका थिए ।

उनले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताएका थिए । भारतका विद्युतमन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्यास उद्योगीको आन्दोलन स्थगित

  काठमाडौँ ।  नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ

१५ हजार मेगावाट विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणको ‘मोडालिटी’बारे नेपाल र भारतबीच सहमति

काठमाडौँ। नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।