एनआरएनएका अध्यक्ष केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरेका छन् ।

उद्योग वाणिज्य प्रबद्र्धन सम्वाद परिषद् (गठन) आदेश, २०७५ बमोजिम पुस ५ मा भएको निर्णयानुसार अध्यक्ष केसीलाई उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरिएको हो ।
अध्यक्ष केसीले मनोनयनको लागि प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने, ‘गैरआवासीय नेपाली संघको अध्यक्षको हैसियतले मलाई उक्त समितिको सदस्य मनोनयन गरेकोमा प्रधानमन्त्रीज्यूसहित समस्त नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।ʼ

सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पुर्याउन २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा परिषद् सञ्चालनमा आएको हो ।

परिषद्को सदस्यमा गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को पहिलो बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरु, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरु, विकास निर्माणमा भएका प्रगतिहरु, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो ।

बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।

अध्यक्ष डा केसीले परिषद्को बैठकमा मंगलबार आफ्नो सुझाव पेश गर्दै गैरआवासीय नेपालीहरुलाई लगानीका लागि आकर्षित तथा प्रोत्साहित गर्न संविधान प्रदत्त आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ

१५ हजार मेगावाट विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणको ‘मोडालिटी’बारे नेपाल र भारतबीच सहमति

काठमाडौँ। नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।

सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला दुई