माग सम्बोधन नभए ग्यास बिक्री बन्द गर्ने उद्योगीको चेतावनी



काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिव घिमिरेले नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको र नेपाली ढुवानी साधन नहुँदा बार्षिक खर्बौं रुपैयाँ विदेशिएको बताए ।

उनले एकतर्फी ढंगबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने बताए । संघले माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने उनले बताए ।

उनले फागुण १ गतेदेखि ५ गतेसम्म सबै ग्याँस उद्योगहरूले बिरोधका कार्यक्रमहरूबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरूमार्फत र केन्द्रमा नेपाल एलपी ग्यास उद्योग संघले प्रचारप्रसार गर्ने बताए ।

उनले फाल्गुण १२ गते सोमवारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनैपनि भन्सार नाकाबाट नछुटाउने चेतावनी दिए । अध्यक्ष घिमिरेले माग सम्बोधन नभए फागुन १८ गतेदेखि ग्यास उद्योग अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य घट्यो

  काठमाडौँ । नेपाली  बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई

६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ

अमेरिकी डलर भाउ आज पुनः बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको