नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ११.६४ अङ्कले घटेर २ हजार ६ सय ९९.८१ विन्दुमा झरेको छ ।

आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज उपकार लघुवित्त वित्तीय संस्था र कर्पाेरेट विकास बैंक समूहको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१५ वटा कम्पनीका १ करोड ८६ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग