नेप्सेमा ८ अर्ब ९५ करोड रुपैयाँको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से सामान्य घटेको छ । बुधबार नेप्से ४.४५ अङ्कले घटेर २ हजार ७ सय ११.४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ ।
आज फाइनान्स समूहको शेयर ५.६७ प्रतिशतले उकालो लागेको छ । आज सामुदायिक लघुवित्त र कर्पाेरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज कारोबार रकम सामान्य बढेको छ । आज ३ सय ९ वटा कम्पनीका १ करोड ९१ लाख कित्ता शेयर ८ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।