शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ५४, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फण्ड शून्य दशमलव ४८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा बढी वित्त समूह चार दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ८९, होटल तथा पर्यटन शून्य दशमलव २७, लगानी शून्य दशमलव ५०, जीवन बिमा शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन एक दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव ६७ र व्यापार समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, एनआईसी एसियो डिभेञ्चर ०८२/८३, डोल्टी पावर कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रू ३९ करोड ५३ लाख ७३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चार लाख ११ हजार छ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ । सभाको