झापामा ६ महिनाको पुँजीगत खर्च २० प्रतिशत



झापा । झापा जिल्लाको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्ति १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ खर्च भएको छ ।

“चालुतर्फ विनियोजित १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ अर्थात् रु सात अर्ब २६ करोड ६३ लाख खर्च भएको छ”, उनले भने ।

समग्रमा चालु आर्थिक वर्षको ६ महिनामा ४५ दशमलव २६ प्रतिशतअर्थात् नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।

चालु आर्थिक वर्षको पुस महिनासम्ममा जिल्लाभर नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौँ। मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली

भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्न सरकारलाई सांसद प्रधानको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी)