पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन



वीरगन्ज (पर्सा) ।  चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ । चालु आवको छ महिनामा आठ अर्ब नौ करोड रुपैयाँ बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड रुपैयाँ तथा ३६ करोड २० लाख रुपैयाँ बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।

आव २०८०/८१ को छ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौँ। मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली

भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्न सरकारलाई सांसद प्रधानको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी)