निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने



काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ ।

समितिको मंगलबारको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई बुधबार छलफलमा बोलाउन निर्देशन दिए ।

समितिमा परेका उजुरीहरुको प्राथमिकता निर्धारण गर्ने र बढी महत्त्वपूर्ण उजुरीलाई समितिमा चाँडो पेश गर्नका लागि ती उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

समितिले विभिन्न समयमा सरकारसँग माग गरेका अध्ययन प्रतिवेदन हालसम्म प्राप्त नभएकाले पुनःमाग गर्ने, रासायनिक मलको अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराउने, हुलाकी राजमार्गलगायत विभिन्न सडकखण्डको काममा ढिलाई भएको विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय पनि आजको बैठकले गरेको सभापति पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौँ। मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली

भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्न सरकारलाई सांसद प्रधानको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम