नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को आकाशमा नेपाली एयरलाइन्सको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।

नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध गरेका हुन् ।

पर्यटनमन्त्री पाण्डेले नेपाल र ईयूबीच पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल र ईयूबीच साझेदारी रहेको उल्लेख गरे ।

उनले नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीति सम्बन्ध स्थापना भएदेखि घनिष्ट सम्बन्ध रहेको र ईयू नेपालको प्रमुख विकास साझेदारको रुपमा रहेकोप्रति कृतज्ञता प्रकट गरे ।

राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रुपमा सक्षम बन्नुपर्नेमा जोड दिए । उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ

अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।