नेप्सेमा सात अंकको गिरावट



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ । बिहीबार नेप्से ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, उत्पादन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूह ५ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । आज २९६ वटा कम्पनीका १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ

अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।