सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबार अन्तराष्ट्रिय बजारमा एक औंस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।

स्थानीय बजारमा बिहीबार सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुई सयले वृद्धि भइ एक लाख ५६ हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको सेतो धातु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो

यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी एक हजार आठ सय ३० मा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ

अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।