नेप्सेमा पाँच अर्ब ३८ करोडको कारोबार



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से ६ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।

मंगलबार तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अण्डाको मूल्य बढ्यो

चितवन । सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ