सत्कार दिवसमा परम्परागत खाना पस्कदै होटल सङ्घ



काठमाडौँ । नेपाल सत्कार दिवस (नेपाल हस्पिटालिटी डे)२०२५’ को दोस्रो संकरण आगामी माघ २ गते हुने भएको छ ।

होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल क्षेत्रका सम्भावना, चुनौती तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।

यस पटकको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले सङ्घले प्रकाशनमा ल्याएको ‘नेपाल होटल इयर बुक’को विमोचन गरिने उनले बताए । सोही अवसरमा रैथाने खाना प्रवद्र्धनका लागि सातै प्रदेशका मुख्य रैथाने खानाका परिकार प्रदर्शन गरिने गरिने सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

होटल सङ्घ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अण्डाको मूल्य बढ्यो

चितवन । सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ